सलमान खानलाई ५ वर्षको जेल सजाय साथमा १०,००० जरिवना


सलमान खानलाई ५ वर्षको जेल सजाय साथमा १०,००० जरिवना

इटहरी : भारतीय अभिनेता सलमान खानलाई  ५ वर्षको जेल सजाय साथमा १०,००० जरिवना गर्ने भएको छ । सन् १९९८ मा हम साथ साथ हे सुटिग्ङको दौरान घटेको घट्ना १९ वर्ष पछी जोधपुर अदालतले खानलाई आज ५ वर्ष  कैद सजाय सहित  दस हजार जरिवानाको फैसला गरेको हो ।


फैसला लगत्तै प्रहरीले खानलाई नियन्त्रणमा लिएको छ । उनलाई केन्द्रीय सुधारगृह जोधपुरमा राखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । तीन वर्षसम्मको कैद सजाय पाएको भए खान धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढीको सजाय भएपछि उनी जेलमै बस्नुपर्ने भएको छ । खानले जोधपुर अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अपिल गर्न भने सक्ने छन् ।
मुद्दामा मुछिएका अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्र, निलम, तब्बुलगायत भने निर्दोष ठहर भएका छन् । चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेको कलाकार टोलीले १९ बर्षअघि कृष्णसारको शिकार गरेको थियो ।

Post a Comment