पोखराका इञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम

पोखराका इञ्जिनियर सन्दीप गुरुङ विश्वमै प्रथम


पोखरा । विश्वका ईञ्जिनियरहरु विचको प्रतिस्पर्धामा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम हुनु भएको छ ।
टाटा मो टर्स  अन्र्त गत डिसेम्बर १६ तारेख(पुस १ गते) मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी पोखरा बुद्धचोक स्थित  सिप्रदी ट्रे डि· प्रालिका मे ने जर  ई .सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत हुनुभएको हो ।
इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा प्रवेशका लागि पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदै  १० हजार  रुपैया, राष्ट्रिय प्रतियो गितामा द्धितिय र भारतको  उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर  १५ तारेख सम्पन्न सार्कस्तरीय फेष्ट प्रथम स्थान हासिल गर्नुभएको थियो । पश्चिमाञ्चल क्षे त्रीय फे ष्टमा प्रथम हुदा १० हजार , राष्ट्रियमा २० हजार, सार्कमा एक हजार डलरसहित पुरस्कृत बनेको उहाँले जानकारी दिनुभयो ।
३५ देशमा रहेका टाटा मोटर्सको  डिलरमा कार्यरत क्षेत्र देशीयबाट उत्कृष्ट २६ इञ्जिनियर हरुविच इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको थियो । फेष्टहरुले आफुलाई अन्र्तराष्ट्रिय एक्पोजर दिएको बताउनुहुने ई.सन्दीप गुरुङले नेपालमै रहेर ईञ्जिनियरिङ क्षेत्रबाट सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो ।
प्रतिभावन आफ्नो भाञ्जा ई.सन्दीपमा रहेको ज्ञान, क्षमता, अनुभव नेपाल र नेपालीका लागि उपयोग गर्न गराउन सम्बन्धित पक्षले पनि ध्यान पुर्याउन तमु सहयोग समिति पार्दीका निवर्तमान अध्यक्ष मामा क्या.चेतबहादुर तमुले आग्रह गर्नुभयो ।
तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया कमेन्ट, म्यासेज वा ईमेलमा हामीलाई पठाउनुहोला, मनपरेमा लाइक र सेयर गर्नुहोला । ताजा खबर र थप मनोरञ्जनको लागि हाम्रो blog मा क्लिक गर्नुहोला धन्यबाद ।

Post a Comment