बिबाह को पहिलो रात



बिबाह को पहिलो रात
श्रिमान श्रिमती बिच एउटा सर्त भयो।
कि जो कोहि आएपनी ढोका नखोल्ने।
कुरा गर्दै जाँदा केहिबेर मा केटा को बुवाआमा छोरा लाइ भेट्न  ढोका मा आइपुगे र ढोका ढकढक्याए।
छोरा ले भित्रै बाट कुरा गर्यो र पठाइदियो।उसले चाहान्थ्यो की श्रिमती को मन पनी नदुखोस र बचन पनी नतोडियोस।फेरी तेसको केहि बेर मा केटी का बाबुआमा 
छोरीलाई भेट्न आइपुगे।श्रिमान श्रिमती ले मुखामुख हेरे।
दुबै ले सर्त पनी याद गरे।
तर श्रिमती आफ्नो श्रिमान को अगाडी रूदै भनी म मेरो आमाबुबालाई यस्तो गर्न सक्दिन।
भनी र ढोका खोलिदिइन कुरा गरिन र पठाइदिइन।
श्रिमान चुपचाप हेरिरहे त्यसको केहि बर्ष पछी  श्रिमती ले जुम्लयाह छोरा पाउछे सबै परिवार खुसी हुन्छन।।
फेरी केही बर्ष पछी छोरी जन्माउँछिन् ।
अनी श्रिमान अत्याधिक खुशी हुन्छ ।अनी खुशी थाम्न नसकेर पुरै गाउ लाई बोलाएर भोज दिन्छ
त्यो देखेर श्रिमती ले भन्छ छोरा पाउदा त एस्तो गर्नु भएन अनी छोरी पाउदा चाही किन एस्तो।
त्यसमा श्रिमान को जवाफ आउछ
(यही छोरी हो कुनै दिन यसले मलाई ढोका खोलिदिन्छे)
श्रिमती मौन हुन्छे

-त्यसैले छोरी भाग्यमानी को नशिब मात्र हुन्छे।।

Post a Comment