Bayu Puja 2077 || वायु पुजा २०७७ ||





नमास्कार साथीहरु,

आजको यस भिडियोमा तपाईहरुलाई कोने (घोण्डे/घोताने) गुरुङ्गहरुको कुल पित्रिहरुलाई परम्परागत रुपमा गर्दै आएको वायु पुजा प्रत्येक बैशाख पुर्णीमाको समय पारेर पुजा गर्ने गरिन्छ । धार्मिक परम्परा अनुसार आफ्नो पुर्खाहरुलाई त्यस दिन विभिन्न परिकारहरु बनाएर धुप धुवारो गरेर वाहाहरुलाई चढाउने र पुजाको अन्तीममा त्यही चढाएको प्रसाद प्रत्येक घरको छोरा मान्छे अथवा बृदा आमाहरुलाई दिने गरिन्छ । सबैको आ–आफ्नो सोच हो । हाम्रो पुर्खाहरुको सोच भने मरेर गएका आफ्ना आफान्त जनहरुलाई जलाएर दाहास संस्कार गरि सके पछी वायुमा (हावा) मिल्ने हुदा वाहाहरु वायु मार्फत वार्षिक रुपमा सम्झेर नमन गर्ने गरिन्छ । हाम्रै वरिपरि हुने हुदा वाहाहरुलाई घरमा मासिक रुपमा धुप धुवारो दिने गरिन्छ । आजको यस भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया प्रतिकृया दिनु नभुल्नु होला । भिडियो हेरी दिनु भएकोमा धन्यवाद ।



SUBSCRIBE channel.

www.youtube.com/Daare

Post a Comment