१८ वर्षीया ति युवामा कोरोना होइन भन्ने हल्ला गलत हो

१८ वर्षीया ति युवामा कोरोना होइन भन्ने हल्ला गलत हो

#Daare

धरानः इटहरीका युवालाई कोरोना लागेको होइन भन्ने हल्ला निराधार रहेको निजको उपचारमा सँलग्न चिकित्सकले जानकारी दिएका छन् ।
गत जेठ ६ गते इटहरीबाट ज्वरो आएर धरानको विपी प्रतिष्ठान पुगेका १८ वर्षीया ति युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
#Daare
उनको उपचारका लागि विराटनगरको कोभिड १९ विशेष अस्पताल पुर्याइएपनि निजमा कोरोना नभएको भन्ने हल्ला इटहरी भरी फैलिएको थियो । 
यसबारे डा. दीपक सिग्देलसँग सम्पर्क गर्दा उनमा कोरोना भएको निस्कर्षसहित उपचार जारी रहेको र उनमा थप स्वास्थ्य समस्या समेत देखिएको बताए । ति युवामा कोरोना छैनन भन्ने हल्ला छ नि भन्ने प्रश्नमा उनले भने ‘कोरोना होइन भन्ने हल्ला गलत हो
छातीमा समस्या भएपछि उनको उपचारका लागि छुुट्टै एक्सरे जडान गरिएको थियो । देब्रे फोक्सोमा पानी जमेको देखिएपछि चिकित्सकले निजमा निमाेनिया भएको पत्ता लागेको जानकारी दिए । 
#Daare
‘उसमा अरु पनि समस्या देखियो, हामीले हेर्दा फोक्सोमा केहि समस्या छ कि भन्ने लाग्यो, एक्सरे गरेपछि थाहा भयो कि उसमा निमोनिया छ,’सिग्देलले भने,‘निमोनिया र कोरोनाको कुनै सम्बन्ध छैन, हामीले अस्पतालमा चिकित्सकको निगारनीमै उपचार गराइ रहेका छौँ ।’
SUBSCRIBE for more update.

Post a Comment